कारभित्र शारीरिक सम्बन्ध राख्ने क्रममा एक किशोरीको मृत्यु
झापा । कारभित्र शारीरिक सम्बन्धको क्रममा अचानक हृदयाघात भएपछि १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ । पुलिसले ग्रयाब्रिएल्ली डिक्सन अल्भेस नासिमेन्तो नामकी यी किशोरीको रहस्यमय मृत्युको अनुसन्धान गरिरहेका छन् । उनको आइतबारका दिन बिहानै मृत्यु भएको हो ।
ब्राजिलको क्युबाताओ सहरमा उनलाई अचेत र गुप्तांगबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए जसको नाम खुलाइएको छैन । ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरू उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेँलो भयो र उनका हात लुला भए । ब्राजिलमा शारीरिक सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १४ वर्ष हो ।
द सनमा प्रकाशित रिपोर्टअनुसार डाक्टरहरूले ती किशोरीलाई कार्डियाक अरेस्ट भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् । पुलिसले अब पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिरहेको छ । अस्पतालका नर्सहरूले किशोरीको शरीरमा हिंसाको कुनै चिन्ह नभएको बताएका छन् । तर, पुलिसले उनको मृत्युलाई शङ्कास्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अपराधको अभियोगमा मुद्दा चलाइने देखिएको छैन । ग्याब्रिएल्लीका परिवारका अनुसार उनीहरूलाई उनको सम्बन्धबारे जानकारी थिएन र उनको पहिलेदेखि नै भएको कुनै स्वास्थ्य समस्याबारे पनि जानकारी थिएन । ताजा खबरबाट