२०८३ बैशाख ४ गते , शुक्रबार

गजल सञ्चालकसहित १२ जना जुवाको खालबाट पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २४ गते , आईतबार
गजल सञ्चालकसहित १२ जना जुवाको खालबाट पक्राउ

विराटनगर । रोडशेष चोकदेखि दक्षिणमा रहेको संगम गीत गजलबाट प्रहरीले गजल सञ्चालकसहित १२ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरको ब्युरो  र मोरङ प्रहरीबाट खटिएको टोलीले गीत गजलका सञ्चालक विराटनगर(१२ का ३१ वर्षीय विमल मुखियासहित १२ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडा १ का ३५ वर्षीय सवध नारायण चौधरी, विराटनगर १२ का  २६ वर्षीय राहुल सहनी, ३१ वर्षीय भुवन कालाखेती, ३० वर्षीय  राजन पौदार,  ४८ वर्षीय दिनेश सत्रा, ३४  वर्षीय सुबोध पासवान, २२ वर्षीय  अजय सहनी, ४० वर्षीय सन्तोष कार्की,  ५१ वर्षीय बल बहादुर कोइराला, २८ वर्षीय रन्जित सिंह रहेका प्रहरीले जनाएको छ।

प्रहरीले जुवाखालदेखि २ लाख ३१ हजार २ सय ४० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार गजलमा राति ९ बजेसम्म रमाइलो गरेपछि जुवा खेल्ने गरेको प्रहरीलाई सूचना आएको थियो। साही सूचनाका आधारमा प्रदेशको ब्यूरो र मोरङ प्रहरीले शुक्रबार राति छापा मारेको थियो। गीत गजलमा जुवा विमलले खुलाउने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका १२ जना जुवाडेलाई मोरङ प्रहरीले आइतबार जुवा ऐन २०२० कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङमा ५ म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए। थाहाखबरबाट

सम्बन्धित समाचार