२०८३ बैशाख ४ गते , शुक्रबार

दमकमा माओवादी केन्द्रको सङ्गठन विस्तार र सुदृढीकरण अभियान

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २५ गते , सोमबार
दमकमा माओवादी केन्द्रको सङ्गठन विस्तार र सुदृढीकरण अभियान

झापा । झापाको दमकमा नेकपा माओवादी केन्द्रले आफ्नो सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान चलाएको छ । वाड- वाडमा सङ्गठन विस्तार गर्दै आफ्ना कमिटीहरू बनाउन थालेको हो । माओवादी केन्द्र दमकका सह इन्चार्ज बेदु गौतमका अनुसार विभिन्न वार्डहरूमा वडा कमिटी निर्माण भएका छन् र केही बाँकी रहेका छन् ।

गौतमका अनुसार ७ वटा वाडमा कमिटी बनिसकेका छन् । यसै साताभित्रमा वार्डहरूमा सङ्गठन विस्तारको कार्यक्रम सकिने पनि उनले जनाएका छन् । हामी सङ्गठन विस्तार र पार्टी सुदृढीकरण अभियानमा जुटेका छौ, गौतमले भने ।

५ वटा वार्ड भेलाबाट २१-२१ सदस्यीय कमिटी बनेको समेत गौतमले जनाए । पार्टीसँगै जन वर्गीय युवा सङ्गठन वाईसिएलका समेत कमिटीहरू बन्ने जनाइएको छ । पार्टीसँगै जन वर्गीय युवा सङ्गठन वाईसिएलका समेत कमिटीहरू बन्ने जनाइएको छ । कतिपय वार्डमा कमिटी बनिसकेका छन् र बाँकी वार्डमा पनि बनाइनेछ, उनले भने ।

सम्बन्धित समाचार