२०८३ बैशाख ४ गते , शुक्रबार

कारभित्र ब्राउन सुगर, पाँच जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २६ गते , मंगलबार
कारभित्र ब्राउन सुगर, पाँच जना पक्राउ
झापा । सुनसरीमा कारमा सवार पाँच जनालाई लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान नगर कंकालिनी १४ का २० वर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० वर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ वर्षीय विनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४  का २२ वर्षीय फुल कुमार मुखिया रहेको प्रहरीले जनाएको छ । 
पूर्व–पश्चिम राजमार्गको इनरुवा नगरपालिका ४ स्थित बसपार्कमा विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार उनीहरूलाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट १३० ग्राम ब्राउन सुगर फेला परेको हो । ब्राउन सुगर, कारसहित पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार