२०८३ बैशाख ४ गते , शुक्रबार

'तपाईंका पछि कुदेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्,

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २६ गते , मंगलबार
'तपाईंका पछि कुदेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्,

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा आवद्ध आफ्नो पार्टीका नेतालाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुप्रति लक्षित गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले उनीहरुलाई पछि लगाइसकेपछि मन्त्री बनाइदिन भन्दै व्यंग्यात्मक अनुरोध गरेका हुन्। 

‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर तपाईको पछि कुदेका छन्। तिनीहरुलाई मन्त्री दिनुस् न ! किन बिलम्ब गर्नुभएको ? हिरिक हिरिक भएका छन् विचराहरु ! रोष्ट्रमबाट देउवालाई हात जोड्दै ओलीले भने, 'पछि त लगाइसक्नुभो पछिपछि हिँड्याछन् फ्याँ-फ्याँ, स्वाँ-स्वाँ गर्याछन्। मन्त्री खान पाउँ भन्याँछन्। मन्त्री दिनुस् ।मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझाउँला।' थाहाखबरबाट

सम्बन्धित समाचार