२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा वैदेशिक रोजगार मुद्दाका फरार महिला पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २८ गते , विहीबार
झापामा वैदेशिक रोजगार मुद्दाका फरार महिला पक्राउ
झापा । वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ६ बस्ने ४८ वर्षिया उर्मिला पन्धाक रहेकी छन् । वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ जेठ १७ गतेको फैसला बमोजिम वैदेशिक रोजगार कसुर मुद्दामा पन्धाकलाई एक वर्ष छ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनी एक महिना न्यायिक हिरासतमा बसेकी थिइन् भने १ हजार ५६२ रुपैयाँ धरौटी बुझाएकी थिइन् । सर्वोच्च अदालत निर्देशनालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । उनलाई कारागार पठाउनका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

सम्बन्धित समाचार