२०८३ बैशाख ४ गते , शुक्रबार
रेडपाण्डाको छालासहित झापाका तीन जना कपिलवस्तुमा पक्राउ
झापा । रेडपाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित बराल होटेल रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०४ बाट दुई थान रेड पान्डाको छाला र एक थान रेड पान्डाको पुछरहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा झापा जिल्ला बिर्तामोड निवासी २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष् जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा दुई थान छाला र पुछरहित उनीहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।