२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुरमा माओवादी केन्द्रको सङ्गठन विस्तार, १० वटा वडामा वडास्तरीय समिति गठन

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
भद्रपुरमा माओवादी केन्द्रको सङ्गठन विस्तार, १० वटा वडामा वडास्तरीय समिति गठन

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अन्तरगत माओवादी केन्द्र भद्रपुर नगर कमिटीले नगर क्षेत्रका १० वटै वडामा वडा भेला सम्पन्न गरेको छ । वडा भेलाले वडा स्तरीय कमिटी समेत गठन गरेको केन्द्रका जिल्ला सचिवालय सदस्य नरेश सन्जेलले जानकारी दिए ।

वडा नम्बर १ को अध्यक्षमा जीवन बास्तोला र सचिवमा नेत्रप्रसाद बराल, वडा नम्बर २ को अध्यक्षमा चूडामणि दाहाल (राजु) र सचिवमा थिरेन्द्र पौडेल, वडा नम्बर ३ को अध्यक्षमा बालानन्द बिक (कुमार) र सचिवमा मानबहादुर राई, वडा नम्बर ४ को अध्यक्षमा युक्त पाहिम लिम्बु र सचिवमा छविलाल गणेश, वडा नम्बर ५ को अध्यक्षमा डिल्ली रूचाल र सचिवमा सुशिलकुमार यादव रहेका छन् । त्यस्तै वडा नम्बर ६ को अध्यक्षमा विष्णु राजवंशी र सचिवमा गोविन्द राजवंशी, वडा नम्बर ७ को अध्यक्षमा चन्द्रमणि गौतम र सचिवमा विक्रम वाग्ले, वडा नम्बर ८ को अध्यक्षमा बाबुराम अधिकारी र सचिवमा अनिल लिम्बु, वडा नम्बर ९ को अध्यक्षमा नरबहादुर मगर र सचिवमा रबिन लिम्बू र वडा नम्बर १० को अध्यक्षमा भारतसिंह राजवंशी र सचिवमा नवीन घिमिरे रहेका छन् ।  साउन २४ गतेदेखि सुरु गरिएको वडा अभियान २८ गतेसम्म चलेको सचिवालय सदस्य सन्जेलले बताए ।

सो अभियानसहितको वडा भेलाहरूमा माओवादी केन्द्र प्रदेश १ का सदस्य डिल्ली घिमिरे (हिक्मत) प्रमुख आतिथ्यमा भएको थियो । भेलामा जिल्ला सदस्य मेदनी सिवाकोटी, नरपति लिम्बु, मिरा सन्जेल, खगेन्द्र पराजुली, क्षेत्रीय सदस्य पुकारचन्द्र राजवंशी, भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायत स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।  केन्द्रीय पार्टीको स्थायी समितिको साउन १७ गतेको निर्णय र गत असार १८ गतेको निर्देशन पत्र अनुसार आगामी साउन ३० गतेको केन्द्रीय समितिको बैठक बस्नु अघि नै देशभरका जिल्ला, नगरसहित वडा समितिहरू गठन गरिसक्नुपर्ने निर्देशन जारी गरेको थियो । 

सम्बन्धित समाचार