२०८३ बैशाख ४ गते , शुक्रबार
ब्राउन सुगरसहित झापाका दुई जना मोरङमा पक्राउ
झापा । मोरङमा लागू औषध ब्राउन सुगरसहित झापाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका- ५ निवासी ३४ वर्षीय खेम मगर र मेचीनगर नगरपालिका- ३ निवासी ३९ वर्षीय लोकबन्धु दर्नाल रहेको प्रहरीले जनाएको छ । शुक्रवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका- १० स्थित लक्ष्मी मार्गबाट मगरलाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनी खुलाई दिए पश्चात् तत्काल प्रहरीले दर्नाललाई बेलबारी नगरपालिका-३ स्थित पशु हटियाबाट ९ ग्राम ९३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।