२०८३ बैशाख ४ गते , शुक्रबार

बेलबारी ग्याङ फाइटका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३१ गते , आईतबार
बेलबारी ग्याङ फाइटका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ
विराटनगर । मोरङको बेलबारी– ५ कसेनी लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई मोरङ प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ ।  मोरङ प्रहरीबाट खटिएको सादा पोसाकको टोलीले ग्रामथान २ का केके भन्ने ३१  वर्षीय कृष्ण चौधरीलाई शनिवार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् । 

घटना घटाएपछि चौधरी लामो समयदेखि फरार थिए । दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैचा नगरपालिकाको बाँसवारिदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पठाएको डिएसपी श्रेष्ठले बताए । अदालतमा चौधरीको बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहस सकिएपछि अदालतले आदेश गर्नेछ ।

गत भदौ १२ गते भएको ग्याङ फाइटमा धारिलो हतियार प्रहार गरी घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यस अघि ६ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशाल कुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) पक्राउ गरी प्रहरीले पक्राउ गरेको थियो । ब्लाष्टखबरबाट

सम्बन्धित समाचार