२०८३ बैशाख २१ गते , सोमबार
कोरोना : झापामा एकैदिन पाँच जनाको संक्रमणबाट मृत्यु, थपिए १८४ संक्रमित
झापा । झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा आज १८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमणबाट भद्रपुर १ का ५५ वर्षीया महिलाको बिएण्डसी, मेचीनगर ६ का ३८ बर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा, दमक २ का ८५ वर्षीय पुरुषको आम्दा अस्पतालमा, कनकाई ३ का ३५ वर्षीय पुरुषको बिएण्डसीमा अस्पतालमा र लेटाङ ४ का ९३ वर्षीया महिलाको बिएण्डसीमा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५१५ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २१४ जना रहेको कार्यालयले जनाएको छ ।