२०८३ बैशाख २१ गते , सोमबार

थपिए ३४५१ नयाँ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३२ गते , सोमबार
थपिए ३४५१ नयाँ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६ सय ११ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय २७ जना पुगेको मन्त्रालयले जनाएको छ।

थप २४ सय ५८ जना कोरोना मुक्त भएका छन्। काठमाडौंमा ६ सय ७७,भक्तपुरमा एक सय १७ र ललितपुरमा एक सय ६७ गरी उपत्यकाभित्र ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार