२०८३ बैशाख २१ गते , सोमबार
मेची अस्पतालमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु, थपिए २३४ नयाँ संक्रमित
झापा । झापामा सोमबार कोरोना सङ्क्रमणबाट एकै दिन चार जनाको मृत्यु भएको छ । त्यसमध्ये तीन जनाको मेची अस्पताल भद्रपुर र एक जनाको एडभान्स अस्पतालमा मृत्यु भएको हो । त्यस्तै जिल्लामा आज २३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमणबाट अर्जुनधारा नगरपालिका २ का ५९ वर्षीया महिलाको मेची अस्पतालमा, शिवसताक्षी नगरपालिका ८ का ७८ वर्षीय पुरुषको मेची अस्पतालमा, कमल गाउँपालिका १ का ७१ वर्षीया महिलाको मेची अस्पतालमा र इलाम जिल्ला फाकफूथोम लेटाङ ५ का ८६ वर्षीय पुरुषको एडभान्स अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५१९ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १७४ जना रहेको कार्यालयले जनाएको छ ।