२०८३ बैशाख २१ गते , सोमबार

पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर परीक्षण गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३२ गते , सोमबार
पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर परीक्षण गर्ने

झापा । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आगामी ६ भाद्रदेखि ११ भाद्रसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर रोगको विशेष जाँच गर्ने तयारी गरेको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवले महिलाहरूले बढी रोग लुकाएर राख्ने गरेका कारण उनीहरूका लागि निःशुल्क ओपिडी सेवा दिन लागिएको बताए । त्यसैगरी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत नीराजन प्रसाईँले ओपिडीमा शतप्रतिशत छुटका साथै अन्य जाँचहरूमा २५ प्रतिशत छुट दिने तयारी गरिएको जानकारी दिए । उनले एक हप्तामा १० हजार महिलाको पाठेघरको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको जानकारी दिए ।


नेपालमा नै सुविधा सम्पन्न मानिएको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नका लागि व्यवस्थापनले भर्खरै नेपालका चर्चित सर्किकल अंकोलोजोष्टि डा. मुक्ति देवकोटा र रिकन्ट्रक्टीभ क्यान्सर सर्जन डा. बजरङ्गकुमार शाहलाई भित्रियाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले जानकारी दिए । झापा क्षेत्रका गरिब तथा विपन्न वर्गलाई लक्षित गर्दै बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले ३ सय घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा गरिने पनि उल्लेख गरिएको छ।



सम्बन्धित समाचार