२०८३ बैशाख २१ गते , सोमबार

थपिए ३२७४ कोरोना संक्रमित, २७ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
थपिए ३२७४ कोरोना संक्रमित, २७ जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६ सय ८९ जनाको कोरोना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय ५४ जना पुगेको छ। त्यस्तै,१९ सय २९ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा ६ सय ७३,भक्तपुरमा एक सय ४१ र ललितपुरमा दुई सय १९ गरी उपत्यकाभित्र कुल एक हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचार