२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा। बिर्तामोडबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- ५ बस्ने २७ वर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका- ५ बस्ने २३ वर्षीय सुमन तामाङ रहेका छन् । उनीहरूलाई मङ्गलवार दिउँसो १२ बजे बिर्तामोड-५ स्थित नयाँ बसपार्कको मिलन चोकबाट लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरूले सवार गरेको मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार