२०८३ बैशाख २१ गते , सोमबार
झापामा थपिए २९९ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु
झापा । झापामा सोमबार २९९ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै जिल्लामा आज सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
सङ्क्रमणबाट बुद्धशान्ति गाउँपालिकाका ५९ वर्षीया महिलाको मेची अस्पतालमा र पाँचथर जिल्ला फिदिम नगरपालिकाका ७८ बर्षीया महिलाको मेची अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५२१ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २०९ जना रहेको कार्यालयले जनाएको छ ।