२०८३ बैशाख ४ गते , शुक्रबार

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख बढी ठगी गर्ने कार्की झापामा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
अमेरिका पठाइदिन्छु भन्दै ११ लाख बढी ठगी गर्ने कार्की झापामा पक्राउ
झापा । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर ठगी गर्ने एक व्यक्ति झापाबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका –९ का लालबहादुर कार्कीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका–५ हाङ्गुमका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउने भन्दै ११ लाख ५० हजार रकम लिएको उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

कार्कीले रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्दै राईले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उजुरी पछि विभागले कार्कीलाई पक्राउ गरी विभाग उपस्थित गराइदिन महानगरीय अपराध महाशाखामा पत्राचार गरेको थियो । महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई झापाको अर्जुनधारा नगरपालिका– ५ शान्ति चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइको छ ।

जम्मा लागत चालिस लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइदिन्छु भनेर विश्वास दिलाई प्रलोभनमा कार्कीले ठगी गरेको उजुरी परेको जनाइको छ ।

सम्बन्धित समाचार