२०८३ बैशाख ४ गते , शुक्रबार

झापाली होटेलबाट अवैध औषधि सहित तीन जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २ गते , बुधबार
झापाली होटेलबाट अवैध औषधि सहित तीन जना पक्राउ
झापा । मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने स्थित झापाली होटेलबाट अवैध औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ वर्षीय विशाल राई रहेका छन् ।
प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटेलमा बसेका उनीहरूलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पा स्पेन गोटी ७०० पिस फेला पारेको थियो । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार