२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडमा ब्राउन सुगरसहित चार जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २ गते , बुधबार
बिर्तामोडमा ब्राउन सुगरसहित चार जना पक्राउ
झापा । झापाको बिर्तामोडको दुई स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।  मङ्गलवार बेलुका ४ बजे बिर्तामोड नगरपालिका- ५ जात्रुबारीमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई  ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै मङ्गलवार बेलुका ५ बजे बिर्तामोड नगरपालिका-१ चारपानेबाट इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- १ कि देवी तामाङ र बिर्तामोड- ५ कि २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार