२०८३ बैशाख २१ गते , सोमबार

थपिए ३४०३ नयाँ कोरोना संक्रमित, ४२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २ गते , बुधबार
थपिए ३४०३ नयाँ कोरोना संक्रमित, ४२ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय थप ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८ सय ३८ जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट बुधबार ४२ जनाको मृत्यु भएको छ। त्यस्तै, २ हजार १ सय ४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७ सय ११, भक्तपुरमा १ सय २२ र ललितपुरमा १ सय ६० गरी काठमाडौं उपत्यकाभित्र कुल ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सम्बन्धित समाचार