२०८३ बैशाख २१ गते , सोमबार

थपिए ३०७५ नयाँ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३ गते , विहीबार
थपिए ३०७५ नयाँ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय १६ हजार चार सय ३८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ७५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार चार सय २९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २१ सय २६ जना कोरोना मुक्त भएका छन्।

काठमाडौंमा ६ सय ३९ जना,भक्तपुरमा एक सय एक र ललितपुरमा एक सय २७ गरी उपत्यकाभित्र कुल ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार