२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडमा लुटपाट
झापा । बिर्तामोडकी एक महिलाको नगदसहित मोबाइलसहित लुटपाट भएको छ । बिर्तामोड–५ डेरा गरी बस्ने मेनुका अधिकारीको ब्यागमा रहेको नगद ६ हजार र एउटा मोबाइल मङ्गलवार लुटेराले लुटेको हो ।
बिर्तामोडको शनिश्चरे रोडमा चिया पसल बन्द गरेर मङ्गलवार बेलुकी ८ः४५बजे डेरातर्फ पैदल जाँदै गर्दा मेडिका अस्पताल छेउमा अज्ञात व्यक्तिले आफूले बोकेको ब्याग खोसेर भागेको मेनुकाले बताइन् ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराइसकेको उनले जनाइन् । फरक क्षमताकी अधिकारीले १८ वर्षदेखि चिया पसल गर्दै आएकी छन्। त्यसै बिर्तामोड अन्य ठाउँमा पनि लुटपाट भएको बताइएको छ ।