२०८३ बैशाख ५ गते , शनिबार

कृष्ण जन्माष्टमी र गाईजात्रामा सार्वजनिक बिदा दिने सरकारको निर्णय

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३ गते , विहीबार
कृष्ण जन्माष्टमी र गाईजात्रामा सार्वजनिक बिदा दिने सरकारको निर्णय
झापा । सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गाईजात्रा दिन काठमाडौँ उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ ।

त्यस्तै सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार