२०८३ बैशाख २१ गते , सोमबार

थपिए ३०४२ नयाँ कोरोना संक्रमित, २६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ४ गते , शुक्रबार
थपिए ३०४२ नयाँ कोरोना संक्रमित, २६ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय १७ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट शुक्रबार २६ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २ हजार २ सय ४४ जना कोरोनामुक्त भएका छन्।  काठमाडौंमा ६ सय ४, भक्तपुरमा १ सय ७ र ललितपुर जिल्लामा १ सय ८७ जना गरी उपत्यकाभित्र कुल ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार