२०८३ बैशाख २१ गते , सोमबार

आईसीयू र भेन्टिलेटरमा ८८५ संक्रमित, कुन प्रदेशमा कति ?

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ४ गते , शुक्रबार
आईसीयू र भेन्टिलेटरमा ८८५ संक्रमित, कुन प्रदेशमा कति ?

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७१४ कोरोना संक्रमितको आईसीयूमा र १७१ को भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११७ जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी बागमती प्रदेशमा ४५३ जना आईसीयूमा र १०२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६९ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६५ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, कर्णालीमा ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार