२०८३ बैशाख ४ गते , शुक्रबार
बिरामीलाई झुक्याएर सेटिङका क्लिनिक पठाउने दुई जना विचौलिया पक्राउ
झापा । बिरामी र आफन्तलाई झुक्याएर आफनो सेटिङका क्लिनिकहरुमा बिरामी लैजाने धन्दामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर ८ अमरटोलका १८ बर्षिय प्रधुम्न राय र २३ बर्षिय आनन्द कुमार साह रहेका छन ।
उनीहरुले विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटेर “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन “ भन्ने जस्ता अफवाह फैलाएर विरामी तथा आफन्तहरूलाई ठगी गर्ने गरेको पाइएको प्रहरीको दाबी छ । हिजो बिहिबार पक्राउ परेका उनीहरुमाथि शुक्रबार अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।