२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडमा औषधि पसलका सञ्चालकसहित दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ५ गते , शनिबार
बिर्तामोडमा औषधि पसलका सञ्चालकसहित दुई जना पक्राउ
झापा । झापाको बिर्तामोड लागु औषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम जिल्ला माई नगरपालिका-६ घर भई हाल बिर्तामोड-८ स्थितमा डीडीआर फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।
उनीहरूलाई प्रहरीले बिर्तामोड ९ स्थित देवकोटा चौकबाट ५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई  इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार