२०८३ बैशाख २१ गते , सोमबार

झापामा थप चार जनाको कोरोनाबाट मृत्यु, थपिए १४६ नयाँ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ६ गते , आईतबार
झापामा थप चार जनाको कोरोनाबाट मृत्यु, थपिए १४६ नयाँ संक्रमित
झापा । झापामा आज एकै दिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै जिल्लामा आज १४६ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 
सङ्क्रमणबाट बुद्धशान्ति गाउँपालिका २ का ७८ वर्षीय पुरुषको बिएण्डसी अस्पतालमा, बिर्तामोड नगरपालिका ७ की ७५ बर्षीया महिलाको मेची अस्पतालमा, अर्जुनधारा नगरपालिका ८ का ५७ वर्षीय पुरुषको बिएण्डसी अस्पतालमा र इलाम जिल्ला सूर्योदय नगरपालिका ४ का ६१ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५३९ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८०१ जना रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार