२०८३ बैशाख २१ गते , सोमबार

थपिए १८०१ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ७ गते , सोमबार
थपिए १८०१ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय ११ हजार ३ सय २६ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट २४ जनाको मृत्यु भएको छ।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ५ सय ३३ पुगेको छ। त्यस्तै, १ हजार ९ सय २४ जना कोरोनामुक्त भएका छन्।

सोमबार काठमाडौंमा ४ सय ११, भक्तपुरमा १ सय र ललितपुरमा १ सय ६७ गरी काठमाडौं उपत्यकाभित्र कुल ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार