२०८३ बैशाख २३ गते , बुधबार

थपिए २५ सयभन्दा बढी संक्रमित, ३५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ८ गते , मंगलबार
थपिए २५ सयभन्दा बढी संक्रमित, ३५ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८ सय १० जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार यससँगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ। २ हजार ८६ जना कोरोनामुक्त भएका छन्।

काठमाडौं उपत्यकाभित्र ६ सय ८९ जनामा कोरोना पुष्टी भएको छ। जसमध्ये काठमाडौंमा ५ सय १८,भक्तपुरमा ५२ र ललितपुरमा १ सय १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार