२०८३ बैशाख २१ गते , सोमबार

थपिए २४८२ नयाँ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ९ गते , बुधबार
थपिए २४८२ नयाँ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७८१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार