२०८३ बैशाख २१ गते , सोमबार
थपिए २४३३ नयाँ कोरोना संक्रमित, २६ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घन्टामा २ हजार ४ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार ७ सय २ जनाको पिसिआर र ४ हजार ६ सय ७२ गरी १४ हजार ३ सय ७४ जनाको परीक्षण गर्दा २ हजार ४ सय ३३ जना संक्रमित भेटिएका हुन्।
यो अवधिमा २६ जना कोरोना संक्रमितको ज्यान गएको छ। हाल देशभरि ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्। आज १ हजार ९ सय २९ जनाले कोरोनालाई जितेका छन्। हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९३ दशमलव ५ प्रतिशत रहेको छ।