२०८३ बैशाख २१ गते , सोमबार
झापामा थपिए १२८ कोरोना संक्रमित, दुई जनाको मृत्यु
झापा । झापामा बिहीबार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् । बिर्तामोडका ५२ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा र ताप्लेजुङ याङ्गवरकका ४१ वर्षीय पुरुष बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
जिल्लामा निको हुने सङ्क्रमितको सङ्ख्या २५५ रहेको छ । अब, झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय ३७ रहेको छ । हालसम्म जिल्लामा ५५६ जनाले कोरोना कै कारणले ज्यान गुमाइसकेका छन् । आज सबैभन्दा धेरै बिर्तामोडमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।