२०८३ बैशाख ४ गते , शुक्रबार
आफ्नै दाजुको हत्या गरेको आरोपमा दुई जना पक्राउ
झापा । खोटाङमा आफ्नै दाजुको हत्या गरेको आरोपमा दुई जना पक्राउ गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडेका ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ गरेको हो ।
गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिँडेका गिरीराज घर नफर्किएपछि खोजतलास गर्ने क्रममा भोलिपल्ट बिहान पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अवस्थामा फेला परेको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोलीले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशकमा प्रहरीले अनुसन्धान थालेको थियो । सोही अनुसन्धानको क्रममा प्रहरीले मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूले घरायसी विवादका कारण भैँसी बाँध्ने प्लास्टिकको डोरीले घाँटीमा कसी हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । यता प्रहरीले दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।