२०८३ बैशाख ४ गते , शुक्रबार
श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या
भोजपुर । श्रीमती हत्यापछि एक व्यक्तिले आफै आत्महत्या गरेका छन् । भोजपुर षडानन्द नगरपालिका-९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी झुन्डिएर आत्महत्या गरेका छन् ।
उनले आफ्नै श्रीमती २८ बर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाउन साथ स्थानीयवासी गई हेर्दा इन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा फेला परे पश्चात् इलाका प्रहरी कार्यालय साङपाङले जनाएको छ ।