२०८३ बैशाख ४ गते , शुक्रबार

धरान–झापा जोडने मदन भण्डारी राजमार्गको निर्माण सुरु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
धरान–झापा जोडने मदन भण्डारी राजमार्गको निर्माण सुरु

झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न थालिएकोे छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण सुरु गरिएकामा वर्षा सकिएलगत्तै काम अघि बढाइने भएको छ ।

राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवका अनुसार यो सडक तीन खण्डमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डकका लागि विस्तृत परियोजना प्रतिवेदन आएपछि टेण्डर आह्वान गरिने भएको जनाएको छ । पहिलो खण्ड मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्म १० किलोमिटरको छ ।

सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले पाएकामा आगामी दुई वर्षमा निर्माण गर्ने गरी संझौता गरेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ ।

दोस्रो धरानदेखि पूर्वतर्फ मोरङको भलुवा खोलासम्म २५ किलोमिटर र तेस्रो खण्ड भलुवादेखि झापाको दमकस्थित बेलडाँगीसम्म २८ किलोमिटर सडक रहेको छ । “हामीले विस्तृत परियोजना प्रतिवेदन तयार गरेर सडक निर्माणको ठेक्का सम्झौता गरिसक्यौँ”, आयोजनका प्रमुख यादवले भने, “वर्षात्को समय सकिनासाथ निर्माण सुरु गर्छौं ।” बहुवर्षीय योजनानुसार यो राजमार्ग बन्न लागेको हो । बेलडाँगीदेखि शान्तिगरसम्म लागत अनुमान तयार हुनासाथ बोलपत्र आह्वान गरिने उनले बताए।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

सम्बन्धित समाचार