२०८३ बैशाख ४ गते , शुक्रबार
इलामका युवक बैङ्किङ्ग कसुरको आरोपमा त्रिभुवन विमानस्थलबाट पक्राउ
झापा । बैङ्किङ्ग कसुरको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलामका एक युवकलाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलामको सूर्योदय नगरपालिका घर भएका २३ वर्षीय विशाल रेग्मीलाई पक्राउ गरेको हो । जनकपुरबाट बुद्ध एयरको उडानमार्फत काठमाडौँ आएका रेग्मीलाई आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
विशालले ललितपुर बस्ने विनन्जय थापालाई दिएको कुमार बैङ्कको चेक बाउन्स भएपछि थापाले प्रहरीमा उजुर गरेका थिए । २०७६ भदौमा चेक दिएर फरार भएका रेग्मीलाई थप अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइने महाशाखाले जनाएको छ ।