२०८३ बैशाख २१ गते , सोमबार

कोरोना संक्रमित हुने भन्दा मुक्त हुने धेरै, आज २४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
कोरोना संक्रमित हुने भन्दा मुक्त हुने धेरै, आज २४ जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा देशभर  एक हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार  १० हजार २ सय ९७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा एक हजार ३ सय ८८ जना संक्रमित थपिएका हुन्।

यस्तै आज २४ जना संक्रमितको मृत्यु भएको छ। आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या दोब्बर धेरै छ। २४ घन्टामा २ हजार २ सय ६० जना संक्रमितले कोरोनालाई जितेका छन्। यस्तै हाल देशभर ३५ हजार ७ सय ९६ जना संक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित समाचार