२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा फेरि एक महिलाको शव सडकमा फेला

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १४ गते , सोमबार
झापामा फेरि एक महिलाको शव सडकमा फेला

झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा फेरि एक महिलाको शव आज बिहान फेला परेको छ । शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो ।अर्जुनधाराकै खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बसोबास गर्दै आएको स्थानीयले बताएका छन् । 

उनको शव आज बिहान ८ बजे फेला परेको थियो ।शनिबार साँझ सामान्य घर झगडा भएपछि उनी बाहिर निस्किएको उनका श्रीमान नारायण विश्वकर्माले बताएका छन् । घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि फेला नपारेको श्रीमान नारायणले बताएका छन् । स्थानीय सुजन च्याउ उद्योग नजिकै हातमा पैसा बोकेको अवस्थामा अन्दाजी ४० वर्षीया सावित्राको शव फेला परेको हो । घटनाबारे प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवको पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार