२०८३ बैशाख २१ गते , सोमबार
झापा थपिए १७७ संक्रमित, २९३ डिस्चार्ज, तीन जनाको मृत्यु
झापा । झापामा सोमबार १७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला आज दुई महिलासहित तीन जनाको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या ५६५ पुगेको छ । त्यस्तै आज २९३ डिस्चार्ज भएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या २२४४२ र डिस्चार्ज २१२०३ जना भएको कार्यालयले जनाएको छ । हाल ११८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।