२०८३ बैशाख २३ गते , बुधबार

थपिए १६६४ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १५ गते , मंगलबार
थपिए १६६४ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।

यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् ।  हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन्  भने ५३७ जना आईसीयूमा रहेका छन् । 

 

सम्बन्धित समाचार