२०८३ बैशाख ३ गते , विहीबार

अफगानिस्तानमा तालिबानको शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दुकको नाल

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १५ गते , मंगलबार
अफगानिस्तानमा तालिबानको शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दुकको नाल

एजेन्सी । एक समाचारवाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन्। बन्दुकधारी लडाकुहरूको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ। केही लडाकुले समाचार प्रस्तोताको काँध पछाडि बन्दुकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन्। यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको। 

४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिबानले घेरिरहेको देखिन्छन्। उनीहरूले तालिबानको समर्थन जनाउने सामग्री पढ्न दबाव दिइरहेका थिए। मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन्।   विविसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिबानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाव दिएका थिए। प्रस्तोताले लडाकुसँग ‘अन एयर’ मै बहस गरेका थिए। 

तालिबानको दबावपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए। प्रस्तोताले सर्वसाधरणलाई स्टुडियोबाटै तालिबानलाई सहयोग गर्न आव्हान गरेका थिए।  इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन्,‘यो भिडियो अस्वभाविक छ। तालिबानले समाचार प्रस्तोतालाई बन्दुकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन्। ’ 

सम्बन्धित समाचार