२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न उच्च अदालतको आदेश

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न उच्च अदालतको आदेश

एजेन्सी। भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ ।

देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने उच्च अदालतको आदेशमा भनिएको छ । गौहत्याको आरोप लागेका जावेद नामका ब्यक्तिको मुद्दाको सुनुवाईका क्रममा इलाहावाद उच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

साथै सो अदालतले गौहत्याको आरोप लागेका ती ब्यक्तिलाई जमानतमा रिहा गर्न पनि अस्वीकार गरेको छ । सो अदालते गाई खान पाउनुपर्छ भन्ने विषय कसैगरी पनि मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै मार्ने भन्दा बचाउने अधिकारको संरक्षण हुनुपर्छ भनेको छ ।हिन्दूले मात्रै नभई मुस्लिमहरुको शासनकालमा समेत भारतमा गाईको महत्व स्वीकार गरिएको भन्दै आदेशमा गौहत्यालाई कुनै पनि बहानमा जायज मान्न सकिदैन भनिएको छ ।

सम्बन्धित समाचार