२०८३ बैशाख ५ गते , शनिबार
न्यूयोर्क र न्यूजर्सीमा 'आइडा' आँधीको वितण्डा, कम्तीमा १८ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको न्यू योर्क र न्यू जर्सी राज्यमा मुसलधारे पानी र 'आइडा' आँधीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ। न्यू जर्सीमा आपतकालीन स्थिति घोषणा गरिएको छ।
न्यू योर्कको प्रहरी विभाग तथा न्यू जर्सीको पासाइक सहरका नगर प्रमुख हेक्टर लोराले बिहीबार न्यू योर्क र न्यू जर्सीमा गरी १८ जनाको मृत्यु भएको जानकारी दिए।
न्यू योर्कमा सन् १९२७ यता यस्तो भीषण वर्षा भएको पहिलो पटक भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सेप्टेम्बर १ मा दुवै राज्यको इतिहास अहिलेसम्मको सर्वाधिक वर्षा भएको छ। नेवार्कमा ८ दशमलव ४१ इञ्च बाक्लो पानी परेको रेकर्ड गरिएको छ। न्यू योर्कमा पनि प्रशासनले मुसलधारे वर्षाका कारण बाढी आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ।