२०८३ बैशाख ४ गते , शुक्रबार

ब्राउन सुगरसहित दुई भुटानी शरणार्थी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १८ गते , शुक्रबार
ब्राउन सुगरसहित दुई भुटानी शरणार्थी पक्राउ
झापा ।  लागू औषध ब्राउन सुगरसहित दुई भुटानी शरणार्थी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भुटानी शरणार्थी क्याम्प बेलडाँगी २ सेक्टर डी २ हट नम्बर १७९ बस्ने ३२ वर्षीय पुकबहादुर कटुवाल र बेलडाँगी २ सेक्टर डी १ हट नम्बर १०१ बस्ने २६ वर्षीय किरण राई रहेका छन् । उनीहरूलाई
सशस्त्र प्रहरीले बिहीबार साँझ दमकबाट पक्राउ गरेको हो । दमक नगरपालिका ३ बेलडाँगी चौक बाङ्गे बजारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण मातहत भुटानी शरणार्थी सुरक्षा वेश बेलडाँगीबाट खटिएको टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट  ५।७२ ग्राम ब्राउन सुगर, नेपाली नगद ३ हजार ७० रुपैयाँ र २ थान मोबाइल बरामद भएको थियो । दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक झापामा बुझाइसकेको सशस्त्रका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । 

सम्बन्धित समाचार