२०८३ बैशाख २३ गते , बुधबार
बिरामीको मृत्यु भएपछि बिपी प्रतिष्ठानमा दिनभर तनाव
धरान । धरानको विष्णुपादुकाकी ३९ वर्षीय फूलमाया राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् ।
उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै बिरामीका आफन्तले विरोध गरेका हुन् । धरानको उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थितिमा शनिवार बिहान मृतका आफन्त र अस्पताल प्रशासनबिच सम्झौताको प्रयास भए तापनि सम्भव हुन नसकेपछि आन्दोलनले चर्को रूप लिएको हो ।
आज बिदाको दिन भएकाले मृतकका आफन्त र अस्पताल प्रशासनबिच थप वार्ता र छलफल हुन नसके पनि एक प्रहरी अधिकारीले आइतबार बिहान ९ बजे अस्पताल प्रशासनसँग वार्ताको वातावरण तयार गर्नको लागि आश्वासन दिएपछि आन्दोलन स्थगित भएको बताइएको छ । मृतकका आफन्तले घटना छानबिनको माग गरेका छन् । उनीहरूले चिकित्सक दोषी देखिए कडाभन्दा कडा कारबाही गरी पीडितले उचित क्षतिपूर्तिको पाउनु पर्ने माग समेत गरेका छन् ।