२०८३ बैशाख ८ गते , मंगलबार

कांग्रेस वडा अधिवेशन : मेचीनगरका १२ वडामा निर्विरोध नेतृत्व चयन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
कांग्रेस वडा अधिवेशन : मेचीनगरका १२ वडामा निर्विरोध नेतृत्व चयन
झापा । मेचीनगरमा जारी नेपाली कांग्रेसको वडा अधिवेशनमा १२ वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ । शनिवारबाट सुरु भएको वडा अधिवेशनमा मेचीनगरका १२ वटा वडामा निर्विरोध कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

१५ वटा वडामध्ये वडा नम्बर। १, २, ३, ४, ६, र ७ मा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । त्यस्तै वडा नम्बर ८, ९, १०, ११, १२ र १५ मा वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका हुन् ।

निर्विरोध  चयन भएका वडा सभापतिहरूमा वडा नम्बर १ मा हेमलाल गुरागाईँ, २ मा नगेन्द्र रिजाल, ३ मा सन्तोष दाहाल, ४ मा सागर कार्की, ६ मा पारस सुवेदी र वडा नम्बर ७ मा कञ्चन बराल रहेका छन् ।

त्यसै गरी वडा नम्बर ८ मा गिरीराज धमला, ९ मा उद्धव बानियाँ, १० मा चन्द्रबहादुर तिवारी, ११ मा भक्त तामाङ, १२ मा ज्ञानबहादुर तामाङ र वडा नम्बर १५ मा बिर्खलाल राजवंशी सभापतिमा सर्वसम्मत चयन भएका छन् । वडा नम्बर ५, १३ र १४ मा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । 

सम्बन्धित समाचार