२०८३ बैशाख २३ गते , बुधबार

प्रदेश १ मा ३२७ जनामा कोरोना सङ्क्रमण

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २० गते , आईतबार
प्रदेश १ मा ३२७ जनामा कोरोना सङ्क्रमण

झापा । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१ मध्ये विराटनगरमा ४८, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा चाररचार, तेह्रथुममा तीन, उदयपुर र सङ्खुवासभामा दुईरदुई, पाँचथर, भोजपुर र खोटाङमा एकरएक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार