२०८३ बैशाख २३ गते , बुधबार

थपिए १८९७ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २१ गते , सोमबार
थपिए १८९७ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४।६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार